Rule 54
पसल राख्न दिने
कारागारको कैदी वा थुनुवाहरुलाई सुविधाको निमित्त निजहरुले मागेको मुनासिव माफिकको चीज पाउने गरी कारागार इलाकाभित्र जेलरले पसल राख्न दिन सक्नेछ । पसलेले बजारमा चलेको दरमा बिक्री वितरण गर्नु पर्छ, घटी बढी गरेमा र सडेपडेको माल बिक्री गरेमा पहिला पटक नसिहद दिई फ्याक्न लगाउने, दोस्रो पटक पनि गरे निजलाई जेलरले उठाई अर्को पसल बन्दोबस्त गरी राख्नु पर्छ ।९घघ०